8.1 C
Kathmandu
Flowers in Chania

कावासोतीका भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा  वितरण

- Advertisement -

कावासोतीका भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा  वितरण

(नवलपुर)पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ ।  कावासोती नगरपालिका वडा नम्बर –४ का भूमिहीन दलित र सुकुम्बासी परिवारका २५ जनालाई लालपुर्जा वितरण गरिएको हो । भूमि समस्या समाधान आयोगले कावासोती नगरपालिका सँग समन्वय गरेर पूर्वा वितरण गरेको आयोगका जिल्ला अध्यक्ष तारापति खरेलले बताए । कावासोती नगरपालिकमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी  र अव्यवस्थित बसोवासी गरेर ५ हजार ५ सय ९६ जनाले फारम भरेको र क्रमिकरूपमा नियम अनुसार सबैलाई जग्गा धनी पुर्जा वितरण गर्ने कावासोती नगरपालिकाका प्रमुख विष्णु प्रसाद भुसालले बताए ।

वर्षौंदेखि जोतभोग र बसोबास गर्दै आएको जग्गाको लालपुर्जा हातमा परेपछि ढुक्क भएको कावासोती ४ की कल बहादुर परियारले बताए । पुर्जा प्राप्त गरेपछि स्थानीय बासिन्दाहरूले पञ्चेबाजा बजाएर खुसी मनाएका थिए । पुर्जा वितरण कार्यक्रममा पूर्व सङ्घीय सांसद तिलक महत , गण्डकी प्रदेशका पूर्व सांसद विष्णु लामिछाने लगायत राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।  जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरेर करिब ३५ हजारले जग्गा धनी पुर्जाका लागि फारम भरेका छन् । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्