8.1 C
Kathmandu
Flowers in Chania

सुनवलमा कोदालो प्रहार गरेर बुवा सहति दुई जनाको हत्या

- Advertisement -


पश्चिम नवलपरासीमा एक युवाले बुवा सहित दुई जनाको हत्या गरेका छन् । जिल्लाको सुनवल नगरपालिका वडा नम्बर २ मा २५ वर्षका खेमराज थारुले आफ्नो बुवा ५० वर्षका जयराम थारु र छिमेकी ७० वर्षका वुद्धनाथ धरिकारलाई कोदालो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायासी विवादमा बुवा खेमराज लाई कोदालो प्रहार गरेको देखेपछि उद्धारका लागि आएका धरिकारलाई पनि सोही कोदालोले प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विरदत्त पन्तले बताए । ‘ घटनामा सम्लग्न युवक लागु औषध दुव्र्यसनी गर्ने र केही समय अगाडी सुधार गृहबाट घर आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’ पन्तले भने,‘ बुवालाई कोदालो प्रहार गरेर हत्या गरेपछि आमाले गाउ“मा हारगुहार माग्दा छिमेकी धरिकार उद्धारका लागि आउदा उनलाई पनि प्रहार गरेको पाइएको छ ।’ दुइ जनाको हत्या गरेपछि गाउ“मा कोदालो बोकेर आतंक फैलाउदै हिड्नेक्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्