8.1 C
Kathmandu
Flowers in Chania

सिप ले नै युवालाई उद्यमशील बनाउन आत्मविश्वास दिन्छ -सांसद चौधरी 

- Advertisement -



उद्यमी तथा नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले सीपले युवाहरूमा उद्यमशील बनाउन आत्मविश्वास बढाउने बताएका छन् । पछिल्लो समय मुलुकमा युवाहरूले भविष्य नदेखेको भन्दै निराशा फैलाउने काम भैरहेको भन्दै यसलाई चिर्न सीप मूलक शिक्षा र नव उद्यमीहरूलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताएका हुन् ।  नबिल बैङ्कको सामाजिक उद्यमशीलता कार्यक्रम नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम अन्तर्गत विहीबार बर्दघाटमा उद्यमशीलता तालिममा सहभागी युवाहरूलाई हौसला प्रदान गर्दै सांसद चौधरीले यस्तो बताएका हुन् । जिल्लाको  बर्दघाटमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पसमा दोस्रो चरणको ६ महिना लामो उद्यमशीलता तालिम सञ्चालन गरिएको थियो ।

पहिलो चरणमा सोही क्याम्पसबाट ५० जना युवाहरूले तालिम लिएर उद्यमशीलता सुरु गरिसकेका छन । नबिल बैङ्कको सामाजिक उद्यमशीलता कार्यक्रमले स्थानीय स्तरमा उद्यमशीलताको विकास गर्दै युवाहरूलाई स्वरोजगार बनाउने र सामाजिक समस्या समाधानका लागि उद्यमशीलता तालिम प्रदान गर्दै आइरहेको छ ।  सांसद चौधरीले बर्दघाटमा नै आर्थिक अभावमा मृगौलाको डायलासिस सेवा सुरु हुन नसकेको भन्दै त्यसका लागि सहयोग गर्रने प्रतिबद्धता ब्यक्त गरेका थिए ।  

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्