8.1 C
Kathmandu
Flowers in Chania

बर्दघाटमा डायलासिस सेवा संचालनका लागि  नगरपालिकाले सुरु गर्यो   आर्थिक संकलन 

- Advertisement -

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले मृगौला सम्बन्धी रोगीका लागि डायलासिस सेवा संचालनका लागि  सहयोग अभियान सुरु गरेको छ । 

सहिद  स्मृति सामुदायिक अस्पताल र नगरपालिकाले  सहयोग रकम उठाउन महा अभियान सुरु गरिएको हो ।  ।  

बर्दघाट नगरपालिका लाई  संघिय सरकारको  स्वास्थ्य मन्त्रालयले ४ थान हेमो डायलासिस मेसिन उपलब्ध गराएको छ । उपकरण भएपनी संचालनका लागि स्रोतको अभाव भएपछि सहयोग अभियान संचालन गरिएको हो । 

अस्पतालमा डायलायसिस मेसिन भएपनि सञ्चालनमा ल्याउन आर्थिक अभाव भएका कारण मृगौला पीडित बचाउ अभियानका लागी सहयोग रकम सङ्कलन सुरु गरिएको हो ।

सरकारको स्वास्थ्य मापदण्ड अनुरुप सामुदायिक अस्पतालको प्रशासनिक सेवा बिस्तार र सेवा सञ्चालन तथा जनशक्ति ब्यवस्थापनका लागि तिनै तहका सरकारले लगानी गर्न नमिल्ने बताउदै नगर प्रमुख श्रेष्ठले डायलासिस सेवा सञ्चालनकालागि १० देखि १५ हजार नागरिकलाई यो अभियानमा जोड्ने लक्ष्य राखेर एक घर एक हजार संकलन अभियान सुरु गरेको बताए । 

 मृगौलाको डायलाइसिसका लागी जिल्लामा सेवा उपलब्ध नहुँदा जिल्ला बाहिर रुपन्देही जानुपर्ने बाध्याता छ । 

बर्दघाट नगरपालिका भित्र मात्रै ५२ जना मृगौला पीडितले जिल्ला बाहिर गएर डायलाइसिस गराउँदै आएका छन् ।

 लागि सेवा सुचारु गर्न ३० देखि ३५ लाखको हाराहारीमा खर्च हुने अनुमान छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्