8.1 C
Kathmandu
Flowers in Chania

आदर्श माध्यमिक सामुदायिक  विद्यालयमा इलाइब्रेरी सहितको अत्याधुनिक कम्प्युटर ल्याव सञ्चालनमा 

- Advertisement -

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका १० अरुणखोलामा रहेको जनता आदर्श माध्यमिक विद्यालयमा आधुनिक प्रविधि सहितको इलाइब्रेरी सहितको कम्प्युटर ल्याब सञ्चालन मा आएको छ । ग्रामीण भेगका विद्यार्थीलाई आधुनिक प्रविधि सहितको प्रयोगात्मक अभ्यासका लागि रोटरी क्लब अफ पोखरा फिस्टेलले अत्याधुनिक प्रविधि तथा सफ्टवेयर जडान गरिएको २० थान कम्प्युटर सहितको ल्याब स्थापना गरिदिएको हो । कम्प्युटर मल्टि नेटवर्किङ सिस्टममा आधारित रहेको, इन्साइक्लोपेडिया लगायत कक्षा ६ देखि १० सम्म सम्पूर्ण पाठ्यक्रममा आधारित कोर्सहरू समावेश रहेको छ । रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष महेश्वर पहारीको अध्यक्षतामा सम्पन्न ल्याब हस्तान्तरण कार्यक्रममा रोटरी   डिस्ट्रिक्ट 

 ३२९२ का डिस्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद कोइरालाले अबको युग विज्ञान र प्रविधिको भएकाले बालबालिकालाई कम्प्युटर प्रविधिको बारेमा विद्यालय तहबाट नै शिक्षा दिनुपर्ने बताए । पहिला जस्तो अक्षरमात्र चिन्नेलाई अबको युगमा साक्षर मानिदैन, अहिलेको साक्षरता भनेको डिजिटल लिटरेसी भएकोले कम्प्युटर प्रयोग गर्न जान्नुपर्नेमा सहभागिले जोड दिएका थिए । २० लाख लागतको ल्याब रोटरी क्लबले स्थापना गरिदिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पान्डेले बताए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्