
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले मृगौला सम्बन्धी रोगीका लागि डायलासिस सेवा संचालका सागि सहयोग अभियान सुरु गरेको छ ।
सहिद स्मृति सामुदायिक अस्पताल र नगरपालिकाले शुक्रबार देखि सहयोग रकम उठाउन महा अभियान सुरु गरेका हुन ।
बर्दघाट नगरपालिका लाई संघिय सरकारको स्वास्थ्य मन्त्रालयले ४ थान हेमो डायलासिस मेसिन उपलब्ध गराएको छ । उपकरण भएपनी संचालनका लागि स्रोतको अभाव भएपछि सहयोग अभियान संचालन गरिएको हो ।
अभियान शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका बन तथा बाताबरण मन्त्री देवकरण प्रसाद कलवारले जनतालाई स्वास्थ सुविधा उपलब्ध गराउन प्रदेस सरकार तयार रहेको भन्दै सामुदायिक अस्तपतालमा डायलासिस सेवा संचालनको लागि आवश्यक बजेट ब्यवस्थापन गर्ने नितिगत समस्या रहेकाले सहयोग अभियान सुरु गर्नुपरेको बताए ।
अस्पतालमा डायलायसिस मेसिन भएपनि सञ्चालनमा ल्याउन आर्थिक अभाव भएका कारण मृगौला पीडित बचाउ अभियानका लागी सहयोग रकम सङ्कलन सुरु गरिएको हो ।
सरकारको स्वास्थ्य मापदण्ड अनुरुप सामुदायिक अस्पतालको प्रशासनिक सेवा बिस्तार र सेवा सञ्चालन तथा जनशक्ति ब्यवस्थापनका लागि तिनै तहका सरकारले लगानी गर्न नमिल्ने बताउदै नगर प्रमुख श्रेष्ठले डायलासिस सेवा सञ्चालनकालागि १० देखि १५ हजार नागरिकलाई यो अभियानमा जोड्ने लक्ष्य राखेर एक घर एक हजार संकलन अभियान सुरु गरेको बताए ।