
निजि तथा आबासिय बिद्यालय ( प्याब्सन ) नवलपुरको आयोजनामा विज्ञान शिक्षकहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्याब्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारिको अध्यक्षतामा संचालन भएको प्रशिक्षण कार्यक्रम प्याब्सन गण्डकी प्रदेसका अध्यक्ष प्रकाश खनालको प्रमुख आतिथ्यतामा शुरु गरियको थियो । प्रशिक्षण कार्यक्रममा करिब ६० जना विज्ञान शिक्षकहरु प्रशिक्षणमा सहभागी भएको प्याब्सन नवलपुरका उपाध्यक्ष डा प्रदिप बास्तोलाले जानकारी गराएका छन । नोभा प्रकासनको सहयोगमा पुस्तकका लेखक डा चिन्तामणि पन्थिले प्रशिक्षण दियका थिए । नवलपुर प्याब्सनले कक्षा ८/९ / १० मा अध्यापन गराउने शिक्षणकहरुलाई गैडाकोट र कावासोतिमा दुई दिन प्रशिक्षण संचालन गरेको प्रशिक्षण संयोजक त्रीलोक तिवारिले जानकारी गराएका छन । प्रशिक्षण यौटा सिकाई उपलब्धी रहेकोले यो निरन्तर आबस्यक रहने सहभागीले बताएका थिए । प्रशिक्षण कार्यक्रममा अध्यक्ष हरिहर अधिकारीले पछिल्लो समय शिक्षकलाई पाठ्यक्रम सङ्ग नजिक रहेर अध्यापन गराउनको लागि तालिम आबस्यक रहेकोले प्याबसन नवलपुरले आफ्नो कार्यकालमा प्रशिक्षणलाई निरन्तरता दिने जानकारी गराएका थिए ।।