8.1 C
Kathmandu
Flowers in Chania

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु , ३ जना घाईते

- Advertisement -



पश्चिम नवलपरासीको सुनवल नगरपालिका ७ चारपालामा रुखले च्यापेर २ जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । आज मध्यान्न आएको हावाहुरी छल्न सडक प्रतिक्षालयमा बसेको समयमा बर्रोको रुख प्रतिक्षालय माथी ढलेपछि च्यापिएका थिए ।


जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी बिर दत्त पन्तका अनुसार ३० वर्षकी मिरा बयम्बु , ४० वर्षका दुर्गा बहादुर पुनको मृत्यु भएको थियो । घटनामा स्थानीय नरमति परियार , अनिल थापा र दुर्गेश्वरा खाम्चा मगर घाइते भएका छन् । घाइतेहरुको रुपन्देहीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्