8.1 C
Kathmandu
Flowers in Chania

चोरमारा स्थित गिरुबारी खोलामा भासिएको पुल वर्षा अगाडी नै मर्मत हुने

- Advertisement -

पूर्व पश्चिम राजमार्ग अन्र्तगत चोरमारामा सोमबार राती ओभरलोड सवारीको कारण भासिएको गिरुबारी खोलाको पुल वर्षा अगाडि नै मर्मत गरिने भएको छ । सडक विभागले स्थलगत अनुगमन गरेर पुल मर्मतका लागि १५ दिन लाग्ने भएकाले तत्कालै काम सुरु गरेर वर्षा अगाडि नै यातायात सञ्चालनको तयारी गरेको हो ।

चोरमाराबाट भित्री सडक बाट अहिले यातायात सञ्चालन भएपनि वर्षा सुरु भएपछि खोलाको सतह बढेपछि यातायात सञ्चालन गर्न नसकिने भएपछि मर्मतको काम तत्काल अगाडि बढाउन लागिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुल महाशाखाका प्रमुख ललिजन खनालले महाशाखाका प्राविधिक पुल भासिएको दिनमा नै स्थलगत अनुगमन गरेर मर्मतको योजना बनाएको बताए । ‘ पुल मर्मत तत्कालै सुरु गर्ने योजना छ । वर्षा अगाडि मर्मत भएर यातायात सञ्चालन हुन्छ । ’उनले भने,‘ पुल मर्मतले मात्र समस्या समाधान हुदैन् । सबै भन्दा पहिले ओभरलोडका सवारीलाई नियमन गर्नुपर्ने देखियो । ओभरलोडको कारण पुलहरु मा क्षति पुग्दै आएको छ ।’

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका ७ , चोरमारा स्थित गिरुबारी खोलामा पुल सोमबार राती म.प्र. ०३ क ३१६३ नम्बरको १८ चक्के टेलरले सिमेन्टका लागि कच्चा पदार्थ ढुवानी गर्नेक्रममा पुलमा क्षति पुगेको थियो । पूल भासीएको स्थानमा डाइभर्सन निमार्ण गर्न नमिले पछि चोरमार बाट उत्तर र दक्षिणतर्फ रहेको भित्री सडकबाट डाइभर्सन निमार्ण गरिएको छ । बुटवलतर्फ जाने सवारीलाई चोरमारा बजारबाट १ किलोमिटर उत्तरतर्फबाट सञ्चालन गरिएको छ भने नारायणगढतर्फ आउने सवारीलाई चोरमारा बजारबाट दक्षिणतर्फ रानीटार हुदै करिब ५ किलोमिटर भित्री सडक पार गरेर राजमार्गमा आउनुपर्ने बाध्यता छ ।

((

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्