कावासोती- हेचर नेपाल नामक गैरसरकारी सस्थाले करिव १५ करोड रुपैयाको लागतमा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डाको भवन निर्माण गरेको छ ।
पूर्व सांसद तिलक महतको प्रमुख आतिथ्यतामा बुधबार अस्पतालमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा संस्थाले अस्पतालको नयाँ भवन निर्माण गर्दा लागेको लागत सार्वजनिक गरेको हो ।
नेपाल हिल्फे बाईलग्रिस ई.भी.जर्मनी को आर्थिक सहयोगमा संस्थाले अस्पतालको भवन निर्माण सम्पन्न गरेको संस्थाका अध्यक्ष रामराज पंण्डितले जानकारी दिनुभयो ।
ंनेपाल हिल्फेको आर्थिक सहयोगमा निर्माण सुरु भएको अस्पताललाई पूर्ण रुप दिनका लागि नेपाल सरकार र प्रदेश सरकारकोे समेत गरी कूल ३१ करोड ३२ लाख रुपैया लगानी भएको अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयोे ।
कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख विष्णु प्रसाद भुसालले अस्पतालको विकासका लागि नगरपालिका सधै तयार रहेको र अभिभावकीय भूमिका निभाउन तत्पर रहेको बताउनुभयो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि महतले अस्पताल नवलपुरको गहना भएको र भविष्यमा देशका अन्यत्र जिल्लाहरुबाट यहाँ उपचार र अध्ययन गर्न आउने थलो बन्ने आफुले विश्वास लिएको बताउनुभयो । यो अस्पताल केन्द्र भागमा छ । गुणस्तरीय सेवा र सुविधायुक्त भवन वनाएर उचारको केन्द्र बनाउनका लागि सवै लाग्नु पर्ने महतले बताउनुभयो । साथै उहाँले सहयोगी संस्था नेपाल हिल्फे र हेचर नेपाललाई अस्पताललाई आवश्यक पर्ने अत्याधुनिक उपकरणहरुको व्यवस्था गरिदिन समेत आग्रह गर्नुभयो ।
सुनुवाई कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरु , स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
