(नवलपुर )
पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको जनमुखी आदर्श क्याम्पसमा स्ववियु निर्वाचन सर्वसम्मत भएको छ । नेपाल विद्यार्थी सघ का विशेष थापाको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । सचिवमा नेवि सघ कै शिल्पा थापा मगर , कोषाध्यक्षमा अनेरास्ववियु सुस्मिता सापकोटा , सदस्यहरूमा उदय शर्मा , शशिकला आचार्य र किरण ज्ञवाली प्रत्यक्ष तर्फ निर्वाचित भएको निर्वाचन संयोजक निराजन चौधरीले बताए ।
समानुपातिक तर्फ नेवि सघ का रुबी ढकाल , अखिल क्रान्तिकारीका आभास कडेल र पुजा लामिछाने , ओम प्रकाश कडेल अनेरास्ववियु र रविन खाम्चा मगर अनेरास्ववियू बाट सर्वसम्मत भएका हुन् ।
स्ववियु निर्वाचनको समयमा जिल्लाका क्याम्पसमा तालाबन्दी र अनशन भएपछि चैत ५ गतेको चुनाव स्थगित भएको थियो । विद्यार्थी सङ्गठन बीच सर्वसम्मतीमा समिति चयन गर्ने सहमति अनुसार अहिले काम भइरहेको छ । जिल्लाका अन्य क्याम्पसमा निर्वाचन सुनिश्चित गर्न पब्लिक सङ्घ लाई आग्रह गरिएको र विद्यार्थीको अधिकार कुण्ठित गर्न खोजे थप आन्दोलनमा उत्रने नेवि सङ्घका केन्द्रिय सदस्य सतिश न्यौपानेले बताए।