8.1 C
Kathmandu
Flowers in Chania

पश्चिम नवलपरासीमा ६ महिनामा २ सय १ जना क्षयरोगी पहिचान

- Advertisement -

नवलपरासीमा पछिल्लो ६ महिनामा २ सय १ जनामा क्षयरोग रोग भेटिएका छन् । उनीहरूले जिल्लाका विभिन्न ६१ स्थानमा रहेको डट्स केन्द्रबाट औषधी खाइरहेका छन् । विश्व क्षयरोग दिवसको अवसरमा रामग्राम नगरपालिकामा आयोजित कार्यालयमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । ग्रामीण भेगमा पुगेर शङ्कास्पद ब्यक्तिको जाचंगर्नेक्रम बढेपछि रोगीको सङ्ख्या पनि वर्षेनी बढ्दो रहेको छ । आर्थिक वर्ष २०७९/ ८० मा ४ सय ७० , २०८०/ ८१ म ५ सय २० रोगी भेटिएका छन् । चालु आर्थिक वर्षमा ८ सय रोगी पत्ता लगाउने लक्ष्यको साथमा रोगीको पहिचान र परिक्षण गर्ने काम भैरहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जान मोहम्मद पठानले बताए । चालु आर्थिक वर्षमा परिक्षण गरिएका मध्य सबै भन्दा धेरै रामग्राम नगरपालिकामा ४३ , बर्दघाट नगरपालिकामा ४२ , सुनवल नगरपालिकामा ३३ , सरावल गाउँपालिकामा २७ , पाल्हिनन्दन गाउँपालिकामा २४ ,प्रतापपुर गाउँपालिकामा १५ र सुस्ता गाउँपालिकामा १५ जना रोगी भेटिएका छन् । ढिलो गरेर रोगको परिक्षण गर्ने र पुरा समय औषधी सेवन नगरेर स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने कारणले कतिपय बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अन्तरकृयामा रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले रोगको पहिचान भएमा परिवार र समाजबाट अपहेलित हुने डरले रोग लुकाउने क्रम बढेको भन्दै जनचेतनामा विशेष जोड दिनुपर्ने बताइन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्