नेपाल बुद्दिजिबी परिषद नवलपुरको नबौ जिल्ला अधिबेशनले रमेश जिसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती चयन गरेको छ । नेपाल बुद्दिजिबी परिषदका केन्द्रिय सदस्य बिधान आचर्यको प्रमुख आथित्यमा सम्पन्न अधिबेसमा अध्यक्ष रमेश जिसी , उपाध्यक्ष शशिचन्द्र सिग्देल , सचिबमा करुण लम्साल , कोषाध्यक्षमा टंक पराजुली सहसचिवमा राधा उपाध्याय चयन भएका छन । त्यसैगरि सदस्यहरुमा दिपक सुवेदी , मोहन प्रसाद पाण्डे लगायत चयन भयको निर्बाचन समितिले जानकारी दियको छ । केशब प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न अधिबेसनमा केन्द्रिय सदस्य डा बिष्णु प्रसाद लम्साल , केन्द्रिय सल्लाहकार मुक्तिराम पाण्डे , पेसागत महासंघका नरदेब न्यौपाने , भोजराज दाहल , रामचन्द्र भट्टराई लगाएतले शुभकामना ब्यक्त गरेका थिय ।।