8.1 C
Kathmandu
Flowers in Chania

चैते धान लगाउने किसानलाई ७५ प्रतिशत अनुदान

- Advertisement -

७५ प्रतिशत अनुदान पाउने भएपछि पूर्वी नवलपरासीमा चैते धान खेती तर्फ किसान आकर्षीत भएका छन् । सिँचाइको सुविधा भएका क्षेत्रमा पछिल्लो दुई तीन वर्ष यता चैते धान लगाउने किसानको सङ्ख्या बढ्दो छ । असारमा लगाइने धानको तुलनामा चैते ( हिँउदमा ) धानको उत्पादन बढी हुने र अनुदान पनि पाइने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।

जिल्लाको देवचुली ,गैडाकोट , कावासोती, मध्यबिन्दु नगरपालिका, विनयी त्रिवेणी गाउँपालिकाका किसानलाई अहिले धान रोप्ने चटारो छ । पहाडी भेगका स्थानीय तहमा समेत चैते धान खेती विस्तार हुँदै गएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थविज्ञ संजय ढकालले बताए । ज्ञान केन्द्रले तोकेको पकेट क्षेत्रमा बीउ , कृषि उपकरण र सिँचाइको लागि ७५ प्रतिशत सम्म किसानलाई अनुदान दिने गरेको छ । चालु आर्थिक वर्षमा मात्र चैते धानको विस्तारका लागि १ करोड १० लाख रुपैयाँ अनुदान रकम विनियोजन छ ।

गत वर्ष ५३ हेक्टर क्षेत्रफलमा ६ हजार २ सय ५० मेट्रिक टन धान उत्पादन भएकोमा चालु आर्थिक वर्षमा करिब ४५ हेक्टर क्षेत्रफल बढ्ने आकलन गरिएको छ । विज्ञहरूका अनुसार असारमा लगाइने धान प्रतिहेक्टर करिब ४ मेट्रिक टन उत्पादन हुने र चैते धान प्रतिहेक्टर ६ मेट्रिक टन सम्म उत्पादन हुने गरेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्