8.1 C
Kathmandu
Flowers in Chania

१२ लाख रुपैयाँ सहित दुई जना पक्राउ

- Advertisement -

पश्चिम नवलपरासीको रामग्राम बाट स्रोत नखुलेको १२ लाख रुपैयाँ सहित दुई जना युवा पक्राउ परेका छ्न । भारतबाट नेपालतर्फ हुन्डी कारोबार भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले हुन्डी कारोबारी लाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाका अनुसार रामग्राम नगरपालिका  ५ बाइपास क्षेत्रबाट भारतीय नम्बर प्लेट भएका दुई मोटरसाइकलमा सवार व्यक्तिहरूलाई जाँच गर्दा १२ लाख नगद फेला परेको हो । 

पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका भक्सिपुरका २२ वर्षीय सुख सागर यादव र प्रतापपुर गाउँपालिका पिपरपातीका ३९ वर्षीय शिवेन्द्र प्रसाद बनिया रहेका छन्। यादवले बोकेको झोलाबाट ५ सय  दरका १ हजार २०० थान नोट गरी ६ लाख रुपैयाँ भेटिएको थियो भने बनियाको जिन्स पाइन्टको खल्ती तथा कपडाभित्र लुकाइएका ५०० दरका २०० थान र १ हजार  दरका ५०० थान नोट बरामद भएको थियो । 

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले उक्त रकमको स्रोत खुलाउन नसकेको र हुन्डी कारोबार भएको हुन्सक्ने   प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। उनीहरूको साथबाट यूपी ५६ एच १२०४ र यूपी ५६ एच २५७३ नम्बरका दुई भारतीय मोटरसाइकल पनि बरामद गरिएको छ। पक्राउ परेकाहरु लाई जिल्ला अदालत परासी बाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको छ । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्