8.1 C
Kathmandu
Flowers in Chania

मध्यबिन्दु प्रादेशिक अस्पतालमा बिरामीको चाप अनुसार दरबन्दी नहुदा समस्या

- Advertisement -

पूर्वी नवलपरासीको मध्यबिन्दु प्रादेशिक अस्पतालमा बिरामीको चाप अनुसार आवश्यक जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ । २०६५ सालमा स्थापना भएको अस्पतालमा दैनिक ३ सय देखि ४ सय बिरामी उपचारको लागि आउने गरेका छन् ।
स्वास्थ्य बीमा लागू भएपछि बिरामीको चाप अत्यधिक भएको तर सरकारले बिरामीको चाप अनुसार अस्पतालको स्तरोन्नति नगर्दा सेवा प्रवाहमा समस्या भएको हो ।

धनधान्याञ्चल महायज्ञ गरेर स्थापना गरिएको अस्पतालमा भौतिक संरचनाको अभाव र ३१ जना दरबन्दी रहेको अस्पतालमा २५ जना जनशक्ति कार्यरत छन् । बिरामीको चाप बढेपछि अस्पताल विकास समितिले १ सय ३५ जना स्वास्थ्यकर्मी, कर्मचारी र चिकित्सकलाई करारमा भर्ना गरेर सेवा प्रवाह गर्नु परेको छ । जग्गा भोगाधिका, अस्पतालको स्तरोन्नति र कर्मचारी अभाव भएपनि आउने बिरामीलाई सेवा प्रवाह गर्दै आएको सोमबार अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

‘बिरामीको चाप उच्च छ, हामीले करारमा स्वास्थ्यकर्मी राखेर उपचार सेवा दिँदै आएका छौं,’ अस्पताल विकास समितिका अध्यक्ष बालकृष्ण घिमिरेले भने, ‘जग्गाको भोगाधिकार र अस्पताललाई १ सय शय्यामा स्तरोन्नति गरेर जनशक्ति उपलब्ध गराउने हो भने उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने थियो ।’

‘बिरामीको चाप उच्च छ । नयाँ भवन निर्माणको चरणमा भएपनि अहिलेसम्म पुरानो भवनबाट सेवा सञ्चालन गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘आवश्यकता अनुसार सेवा प्रवाह थप हुँदै जाने, तर स्वास्थ्यकर्मी र अन्य संरचना र उपकरण थप नहुँदा समस्या छ ।’

पूर्व–पश्चिम राजमार्गको करिब ६० किलोमिटर रहेको जिल्लामा उपचारका लागि सुविधा सम्पन्न र विशेषज्ञसहितको अस्पताल नभएको भन्दै प्रादेशिक अस्पतालाई कम्तीमा ५० शय्याको दरबन्दी स्वीकृत गर्न माग गर्दै प्रदेश र केन्द्रमा माग गरेपनि अहिलेसम्म माग सुनवाई नभएको अस्पताल विकास समितिका सदस्यहरूको गुनासो छ ।

५० शय्याको स्वीकृति भएपछि १ सय शय्याको क्षमतामा सञ्चालन गर्ने तयारी छ । अस्पताल भवन साँघुरो र पुरानो भएपछि हेचर नामक गैरसरकारी संस्थाको १९ करोड र प्रदेश सरकारको ११ करोडको लागतमा निर्माण भएको नयाँ भवनको फागुन २८ गते उद्घाटन हुँदै छ । भुइँतला र माथिल्लो एक तलासम्म निर्माण सम्पन्न भएकाले अहिलेका लागि नयाँ भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरिएको हो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्