8.1 C
Kathmandu
Flowers in Chania

त्रिबेणीको प्रसिद्ध गजेन्द्रमोक्ष दिब्यधाममा छैठौ बार्षिकउत्सब

- Advertisement -

त्रिबेणीको प्रसिद्ध गजेन्द्रमोक्ष दिब्यधाममा छैठौ बार्षिकउत्सबको चौथो दिन भगवानलाई नौका बिहार नवलपुरको त्रिवेणि दिब्यधामले बुधबार बाट नै आफ्नो छैठौं बार्षिकोत्सब मनाउन सुरु गरेको छ । बार्षिकउत्सबको चौथो दिन बिनयी त्रिवेणि ६ मा रहेको गजेन्द्रमोक्ष दिब्यधामले आफ्नो बार्षिकोत्सब अन्तर्गत बिबिध कार्यक्रम सम्पन्न गरेको छ । बार्षिकउत्सबको अबसरमा चौथौ दिन भगवान नारायणलाई नारायणी नदिमा नौका बिहार गराईएको छ । १४ गते अग्नि स्थापना गरेर शुरु गरेको बार्षिकउत्सब १५ गते बिबाह उत्सब , १६ गते रथयात्रा , १७ गते नौका विहार सम्पन्न गरेको छ र १८ गते भगवानको १०८ घडाको जलले महाअभिषेक गरे पछि बार्षिकउत्सब सम्पन्न हुने मन्दिरका पिठाधिस स्वामी कृष्ण प्रपन्नाचार्यले जानकारी गराएका छन । २०७५ सालमा मुक्तिनाथ पिठाधिस १००८ स्वामी कमलनयन आचार्यले संकल्प गरेर स्थापना गरेको मन्दिरले छैठौ बर्ष पार गरेको छ । मन्दिर स्थापना पछि त्यस क्षेत्रमा धार्मिक पर्यटकको आगमनको सन्ख्या ह्वातै बढेको छ । पछिल्लो अबस्थामा पुर्ब पश्चिम राजमार्गको समस्या रहेका कारण सोचेजस्तो पर्यटक आउन नसके पनि गजेन्द्रमाेक्ष धामले भने पर्यटकको आगमन बढने गरेको त्रिवेणि बिकास कोषका प्रबन्ध निर्देसक झबिन्द्रस्वर भुसालले जानकारी गराएका छन ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्