पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउ“पालिका , ३ बेलासपुरमा दुई समुहबीच विवाद हुदा मंगलवार दिनभर तनावग्रस्त बन्यो । स्थानीय एक युवक र युवतीबीच प्रेम सम्बन्धको विषयलाई लिएर झडप हुदा १५ जना प्रहरी सहित १९ जना घाईते भएका छन् ।
झडपकोक्रममा इलाका प्रहरी कार्यालय महेशपुरको बा १ झ ७४४८ नम्बरको गाडीमा आगजनी र केटी पक्षको घर अगाडी रहेको कवाडी गोदाममा आगजनी भएको प्रहरीले जनाएको छ ।
मुसलमान समुदायको केटी र धोवी थर भएका केटाबीचको प्रेम सम्बन्धलाई लिएर दुई समुहबीच विवाद भएको थियो । झडपकोक्रममा प्रहरीले स्थिती नियन्त्रणमा लिन ५ राउण्ड अश्रु ग्यांस र तीन राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुंयालले बताए । ‘ अहिले स्थिती सामान्य अवस्थामा छ । घटनास्थलमा बाक्लोरुपमा प्रहरी परिचालन गरिएको छ ।’फुंयालले भने,‘ घटनालाई सामान्य अवस्थामा लैजान प्रशासनको तर्फबाट दुबै पक्षका सरोकारवालासंग छलफल गरीरहेका छौ ।’
घाईतेहरुको भैरहवा र जिल्ला अस्पताल परासीमा उपचार भैरहेको छ । घटनास्थलको अवस्था सामान्य रहेको प्रहरील जनाएको छ । घटनास्थल वरपर बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सोमबार केटाका भाइ लाई केटी पक्षका आफन्तीले कुटपिट गरेपछि विवाद चर्कीएको थियो । स्थानीयका अनुसार केटाकेटी दुवैको उमेर २० वर्षको हाराहारीमा भएको र प्रेम सम्बन्धपछि उनीहरु परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । प्रेममा रहेका केटाकेटी दुबै पक्षका आफन्तीले अलग अलग राख्ने प्रयास गरेपनि केटाकेटी नमानेपछि उनीहरु परिवार र प्रहरीको सम्पर्कमा नआएको स्थानीय बताउछन् । घटनामा सम्लग्न रहेको आशंकाम प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
