नेपाल पत्रकार महासघ नवलपुरका अध्यक्ष , हुलाकी पत्र दैनिकका सम्पादक श्रीराम सिग्देललाई पितृशोक परेको छ । कावासोती ८ निवासी सिग्देलका बुबा केशबराज सिग्देल ७४ बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ। केशबराज सिग्देल बिगत लामोसमय देखि स्वासप्रस्वास सम्बन्धि रोगबाट ग्रसित थिए । स्वर्गीय सिग्देलका एक श्रीमती , दुई भाइ छोरा, र तीन बहिनी छोरी रहेका छन । स्वर्गीय सिग्देलको १३ गते मङ्गलबार कावासोती १३ स्थित पिठौली घाटमा दाहसंस्कार गरिने भएको छ । २००८ साल मंसीर १६ गते तनहुमा जन्मिएका सिग्देल लामो समय शिक्षणपेसामा रहेर अबकास जीवन बिताउदै आएका थिए । सिग्देलको स्वर्गारोहणमा दुःख ब्यक्त गर्दै नेपाल पत्रकार महासंघ , नवलपुर र प्रेस युनियन नवलपुरले शोक विज्ञप्ति जारी गरेका छन् ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
