8.1 C
Kathmandu
Flowers in Chania

नवलपुर महोत्सवमा सस्थागत रुपमा सहभागी नहुन जातीय घटकहरुलाई जनजाति महासंघको निर्देशन

- Advertisement -


नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ नवलपुर उसका जातीय घटक संगठनहरुले आज एक विज्ञप्ति जारी गरी माघ २५ गतेदेखि कावासोतीमा सञ्चालन भईरहेको नवलपुर महोत्सव संस्थागत रुपमा सहभागी नहुन निर्देशन गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नवलपुर र उसको जातीय संगठन नेपाल मगर संघ, तमु ह्युल छोजधि, थारु कल्याणकारिणी सभा नवलपुर, देवाः देय् दबू नवलपुर, भुजेल समाज सेवा समिति, नेपाल बोटे समाज, नेपाल तामाङ घेदुङ संघ लगायतका जातीय संगठनहरुले विज्ञप्ति जारी गरी यस्तो निर्देशन गरेको हो ।
विज्ञप्तिमा नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, पूर्व जिल्ला अध्यक्ष रामबहाादुर ब्लोन, नेपाल मगर संघ नवलपुरका इन्चार्ज इन्द्रफाल मगर, जिल्ला अध्यक्ष भुमराई मगर, कावासोती नगर अध्यक्ष सुनमाया थापा मगर, तमु ह्युल छोजधि गुरुङ राष्ट्रिय परिषद नवलपुरका अध्यक्ष जगतकाजी गुरुङ, नेवा देय दबू नवलपुरका अध्यक्ष मित्रलाल श्रेष्ठ, भुजेल समाज सेवा समिति नवलपुरका अध्यक्ष रमिला भुजेल, नेपाल बोटे समाज नवलपुरका अध्यक्ष राजेन्द्र बोटे, नेपाल तामाङ घेदुङ संघ कावासोतीका अध्यक्ष मंगल सिंह तामाङ लगायतको हस्ताक्षर गरेका छन् ।
विज्ञप्तिमा आठौं नवलपुर महोत्सवमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुर संग औपचारिकताको लागि मात्र समन्वय गर्न खोजि आदिवासी जनजाति समुदायको भाषा, कलासंस्कृति प्रदर्शन गर्ने र आदिवासी जनजाति समुदायको महोत्सवमा सहभागीता हुने विषयलाई वेवास्ता गर्ने गरेको आरोप लगाएको छ ।
त्यसैगरी यस भन्दा पहिले नवलपुर उद्योग वाणिज्य संघले नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरसँग प्रतिवद्धता गरे अनुरुप व्यवहार नगरेको, आदिवासी जनजाति समुदायको कलासंस्कृति, भेषभुषालाई महोत्सवमा दुरुपयोग गर्ने लगायतका कार्य गरेकोमा सो गर्न नहुने हाम्रो मागप्रति असहमत जनाई एकलौटी रुपमा संचालन गरेको भन्दै विज्ञप्तिमा नवलपुर उद्योग वाणिज्य संघले हाल संचालन गरेको महोत्सवमा नेपाल आदिवासी जनजाति महासंघ नवलपुर र महासंघ आवद्ध सम्पुर्ण जातिय संस्थाहरुको संस्थागत सहभागीता नरहेको सबैमा जानकारी गराउँदछौं भनिएको छ ।
त्यसैगरी महोत्सवमा आदिवासी जनजाति महासंघ, उनका भातृ संगठन र जातीय घटकहरुलाई संस्थागत झण्डा व्यानर लिएर सहभागी नभइदिनुहुन अनुरोध गरेको छ ।
त्यसैगरी यस महोत्सवमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुबाट आदिवासी जनजाति, कला संस्कृति प्रदर्शन शिर्षकमा बजेट निकास नगरिदिनुहुन अनुरोध गर्दै यसो गरिए राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनको विरुद्ध हुने ठहर सहित आदिवासी जनजाति समुदायको तर्फबाट विरोध गरिने जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्