8.1 C
Kathmandu
Flowers in Chania

कर्मचारी यूनियन नवलपुर को अध्यक्षमा अशोक श्रेष्ठ

- Advertisement -


नेपाल निजामति कर्मचारी यूनियन नवलपुर को अध्यक्षमा अशोक श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार कावासोतीमा सम्पन्न तेस्रो अधिबेशनले श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
यूनियनको जिल्ला अधिबेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति एवम् प्रदेश सांसद महेन्द्रध्वज जिसीले कर्मचारीहरु सवैको साझा वन्न सक्नुपर्ने बताउनुभयो । कर्मचारीहरुले आफ्नो कार्यकक्षमा बसेर सेवाग्राहीलाई समभाव राखेर काम गर्न समेत जिसीले आग्रह गर्नुभयो । कतिपय कर्मचारीहरु कमाउ धन्दामा लाग्दा सम्पूर्ण कर्मचारीहरुको समेत मानमर्दन भएको हुदा कर्मचारी प्रति सेवाग्राहीले हेर्ने दृष्टिकोण फरक पर्न गएकोले सजग र सचेत रहन समेत जिसीले आग्रह गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै नेपाल निजामति कर्मचारी युनियन गण्डकी प्रदेश अध्यक्ष दिपक रेग्मीले सरकारले ल्याउन लागेको संघीय निजामति सेवा ऐन कर्मचारीको हित अनुकुल हुनुपर्नेमा जोड दिए । साथै उनले सवै कर्मचारीहरुले आफ्नो सेवा क्षेत्रमा हासेर सेवा गर्न सकेमात्र नागरिकले सहज स्वीकार गर्ने बताउनुभयो । हामीले सेवाग्राहीहरुलाई काखा र पाखा गर्नु हुँदैन । सवैलाई समानुभुतिक पूर्ण सेवा प्रदान गर्नुपर्छ ।
बुद्धि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देल, गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, पूर्व प्रदेश सांसद ओमकला गौतमले शुभकामना मन्तब्य दिएका थिए ।
अधिबेशनले समितिको उपाध्यक्षमा हरिशंकर शर्मा, उपाध्यक्ष महिला उपाध्यक्षमा उषा बस्याल, समावेशी उपाध्यक्षमा प्रदीप श्रेष्ठ, सचिवमा ईश्वर भुसाल , सहसचिवमा केशव प्रसाद पौडेल र कोषाध्यक्षमा महेन्द्र बस्ताकोटी निर्वाचित भएको निर्वाचन संयोजक अधिवक्ता सुवास देवकोटाले जानकारी दिनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्