सि बुस्टअप कार्यक्रममा दुई हजार बिद्यार्थी सहभागी निजि तथा आबासिय बिधालय अर्गनाइजेसन ( प्याबसन) नवलपुरले संचालन गरेको सि बुस्टअप कार्यक्रममा दुई हजार बिद्यार्थी सहभागी भएका छन । २०८१ मा प्रबेसिका परिक्षामा सहभागी हुने बिद्यार्थीहरुका लागि प्रस्नपत्र र त्यसको उत्तर कसरी कुन बिषयलाई प्राथमिकता राख्ने जस्ता कुराहरुलाई सिकाउने उद्देस्यले सि बुस्टअप कार्यक्रम संचालन गरेको प्याबसन नवलपुरका अध्यक्ष हरिहर अधिकारिले जानकारी गराएका छन । नवलपुर जिल्लाका निजि बिधालयमा अध्यानरत बिधार्थिहरुलाई जिल्लामा ६ केन्द्र बनाएर शुक्रबार र शनिबार बिषयगत शिक्षकबाट कक्षा सन्चालन गरेको अध्यक्ष अधिकारिले बताए । विज्ञान , गणित , सामाजिक र अग्रेजी बिषयका विज्ञ शिक्षक बाट कक्षा सन्चालन गरियको आयोजकले जनाएको छ । सामाजिक बिषयका लेखक तथा बिषय प्रशिक्षक होमनाथ पौडेलले यस्ता कक्षाले छोटो समयमा धेरै कसरी लेख्ने कुन बिषयलाई कति समय दिने र उत्तर लेख्ने तरिका समेत सिकाईनी हुदा कक्षा प्रभाबकारी रहेको बताएका छन । नवलपुर जिल्लामा यश भन्दा पहिला पनि बिधालय आफैले यस्ता विज्ञहरु ल्याएर कक्षा सन्चालन गरियपनी सामुहिकरुपमा केन्द्र संचालन गरेर कक्षा संचालन गरियको पहिलो रहेको शिक्षक चिरिन्जिबी गौडेलले बताए ।नवलपुर जिल्लामा गैंडाकोटमा दुई , देबचुलिमा एक , कावासोतिमा दुई , मध्यबिन्दुमा एक गरि ६ सेन्टर बनाएर कक्षा संचालन गरियको प्याबसन नवलपुरले जनाएको छ ।