8.1 C
Kathmandu
Flowers in Chania

नागरिकता र लालपुर्जा नभए पनि सुस्तामा विद्युत् मिटर जडान हुने

- Advertisement -


पश्चिम नवलपरासीको सुस्ताका स्थानीयले नागरिकता र लालपुर्जा नभए पनि विद्युत् जडान गर्न पाउने भएका छन् । सुस्ता गाउँपालिका वडा नम्बर(५ सुस्ता बस्तीमा १ हजार ५ सय ७१ मिटर लामो झोलुङ्गे पुलबाट राष्ट्रिय प्रशारण लाइन पुगे पनि लालपुर्जा र नागरिकता नहुँदा अधिकांश सुस्ताबासीले विद्युत् मिटर जडान गर्न पाएका छैनन् ।

गाउँमा विद्युत् पुगेर पनी बत्ति बाल्न नपाएपछि स्थानीयले प्रशासन र विद्युत् कार्यालयमा स्थानीय तहको सिफारिसअनुसार विद्युत् मिटर जडान गर्न माग गर्दै आएका थिए । तर , आवश्यक कागजात नपुगेको भन्दै विद्युत् कार्यालयले विद्युत् मिटर जडान नगरेको र मिटर जडान नभएको भन्दै सुस्तामा पुगेको विद्युत् लाइनसमेत काटिदिएको थियो ।

प्रदेश सांसद तथा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण जयशवालको नेतृत्वमा ुसुस्ता बचाऊ अभियानुका कार्यवाहक अध्यक्ष मुन्ना खाँ , प्रवक्ता रवीन्द्र जयसवालसहितको टोली विद्युत् मिटर जडानको माग गर्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए । ज्ञापनपत्र बुझ्दै कार्यकारी निर्देशक घिसिङले नागरिकता, लालपुर्जा नभए पनि स्थानीय तहको सिफारिसका आधारमा विद्युत् मिटर जडान गरिदिन मातहतको निकायलाई निर्देशन दिएको अभियानका प्रवक्ता जयसवालले बताए ।

‘कार्यकारी निर्देशकले हाम्रो माग सम्बोधन गर्दै स्थानीय तहको सिफारिसमा मिटर जडान गरिदिन निर्देशन दिनुभएको छ,’ जयसवालले भने,‘अब सुस्ताबासी मिटर जडानबाट बञ्चित हुनुपर्दैन । तर , निस्शुल्क बिजुलीको विषयमा पनि कुरा अगाडि बढेको छ ।’

कात्तिक १० गते राष्टपति रामचन्द्र पौडेलसँगै नारायणी नदीमा निमार्ण भएको पुल र विद्युतीकरणको उद्घाटन गर्ने कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुस्ताका बासीन्दालाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्