8.1 C
Kathmandu
Flowers in Chania

१ करोड २० लाखको स्वास्थ उपकरण उपकरण हस्तान्तरण

- Advertisement -



लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन द्धारा पुर्बी नवलपरासीको मध्यविन्दु नगर अस्पतालमा प्रसुती उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।
मध्यविन्दु नगरपालिकाको ३० लाख लागत साझेदारिमा एक करोड २० लाख बराबरको उपकरण हस्तान्तरण गरिएको हो । नगर अस्पताल लाई अत्यावश्यक बेड , भिडियो एक्सरे मेसिन , नवजात शिसुको लागि आवश्यक उपकरण लगाएतका समाग्री हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनका एरिया लिडर लायन्स राजन लम्सालले बताए । नगर अस्पताललाई सुबिधा सम्पन्न बनाउन प्राप्त भएको उपकरण महत्त्वपूर्ण हुने नगर प्रमुख भिमलाल अधिकारीले बताए । स्वास्थ उपकरण उपलब्ध भएपछि नगरमा प्रसुती सेवा र नगर अस्पतालको उपचार सेवामा सहयोग पुग्ने आशा लिइएको छ । मध्यबिन्दु नगर अस्पतालले चौबीसै घन्टा उपचार सेवा प्रदान गर्दै आएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्