8.1 C
Kathmandu
Flowers in Chania

त्रिवेणीधाममा माघे औसी मेला

- Advertisement -


पूर्वी नवलपरासीको त्रिवेणीधाममा माघे औसीको अवसरमा मेला लागेको छ । तमसा, स्वर्ण भद्र र नारायणी तीन नदीको सङ्गम स्थल भएकाले त्रिवेणी धामका माघे औसीमा स्नान गर्नाले पुण्य प्राप्त हुने र पितृकार्य सम्पन्न हुने जनविश्वास भएकाले भक्तजनको घुईचो लाग्ने गर्दछ । पितृश्राद्धका लागि यहां नवलपरासी , रुपन्देही , गुल्मी , अर्घाखाची र भारतका तिर्थालुहरु स्नान र पितृलाई तपर्ण दिन त्रिवेणी आएका छन् । मेलामा नेपाल तथा भारतका हजारौ भक्तजन त्रिवेणीधाममा आएको गजेन्द्रमोक्ष धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसलालले बताउनुभयो । मंगलबार रातीबाट सुरु भएको मेला विहिवार सम्म चल्ने छ । अघिल्लो वर्ष चार लाख दर्शनार्थीले स्नान गरेकोमा यस वर्ष ५ लाख दर्शनार्थी र धार्मीक पर्यटकहरु त्रिवेणी आउने अनुमान छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्