8.1 C
Kathmandu
Flowers in Chania

तत्काल किसानको बक्यौता भुक्तानी दिन प्रतापपुरको पत्राचार

- Advertisement -


इन्दिरा सुगर मिलले समयमा नै रकम भुक्तानी नगरेपछि पश्चिम नवलपरासीमा उखु खेती गर्ने किसान समस्यामा परेका छन् । प्रतापपुर गाउंपालिका वडा नम्बर ८ मा रहेकोे उद्यँेगले किसानसंग उधारोमा उखु खरिद गरेको र यस वर्षको सुरुवात देखि नै भुक्तानी नदिएपछि किसान समस्यामा परेका हुन् । उद्योगले समयमा नै भुक्तानी नदिएको भन्दै किसानले प्रतापपुर गाउंपालिकामा गुनासो गरेपछि पालिकाले तत्काल किसानको बक्यौता रकम भुक्तानी गर्न पत्राचार गरेको छ । प्रतापपुर गाउंपालिकाका अध्यक्ष एवंम उखु उत्पादक किसान समिति लुम्विनी प्रदेशका अध्यक्ष उमेश चन्द्र यादवले जिल्लाका अन्य चिनी उद्योगले हप्ता दश दिनमा क्रमसंगै भुक्तानी दिएपनि इन्दिरा सुगर मिलले भने यो सिजनमा भुक्तानी नै नदिएको बताउनुभयो । चालु आर्थिक वर्षमा उद्यँेगले उखु क्रसर गरेको १२ करोड रुपैया किसानलाई भुक्तानी गर्न बाकिं रहेको छ । जिल्लामा इन्दिरा , लुम्बिनी , बागमती खांडसारी र तत्व फर्मा प्रा.लिले यस वर्ष उखु क्रसिङ्ग गरीरहेका छन् । अन्य उद्योगले समय समयमा भुक्तानी दिने गरेको भएपनि इन्दिराले भने किसानलाई आजभोली भन्दै भुक्तानीमा आलटाल गरीरहेको किसानको गुनासो छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्