पश्चिम नवलपरासीको परासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालय बाट चारपाङ्ग्रे सवारी साधनको चालक अनुमती पत्र वितरण सुरु भएको छ । २०७८ सालमा स्थापना भएको यातायात सेवा कार्यालय बाट यसअघि दुई पाङ्ग्रे सवारी साधनको सवारी अनुपती पत्र जारी र नविकरण हुँदै आएको थियो ।
लुम्बिनी प्रदेसका उधोग , पर्यटन तथा यातायात मन्त्रालयका मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले चालक अनुमती पत्र वितरणको सुरुवात गरे । जिल्लामा नै चालक अनुमती पत्र वितरण सुरु भएपछी रुपन्देही जानुपर्ने बाध्यता हटेको छ ।
परासीमा रहेको यातायात कार्यालय बाट अहिले सम्म ७ हजार दुई पाङ्ग्रे सवारी अनुमती चालक वितरण गरेको कार्यालय प्रमुख श्याम न्यौपानेले बताए । चालु आर्थिक बर्षको पुष महिना सम्म ९ करोड राजस्व सकलन भएको छ ।