8.1 C
Kathmandu
Flowers in Chania

अन्तिम समयमा आएर धमाधम काम

- Advertisement -

तेस्रो पटक थप भएको म्याद सकिन ७ महिना मात्र बाकिं रहदा नारायणगढ बुटवल सडक विस्तार आयोजनाको कामलाई ठेकेदारले तिब्रता दिएको छ । म्याद थप भएको ४ महिना सम्म पनि काम नगरेको ठेकेदारले अहिले भने पूर्वी र पश्चिम खण्ड दुबैतर्फ कामलाई तिब्रता दिएको हो । कालोपत्रे गर्ने , कल्भर्ट बनाउने र दाउन्नेमा पहाड काट्ने काम अहिले भैरहेको छ ।

       सडक निमार्ण सुरु भएको ६ वर्ष यताकै अहिले सबैभन्दा रफ्तारमा काम भैरहेको आयोजनाले जनाएको छ । अहिले पूर्वी खण्डको गैडाकोट देखि दाउन्ने सम्म १६ स्थानमा कालोपत्रे गर्ने तयारी गरेको र कामले तिब्रता लिएको नारायणगढ बुटवल सडक विस्तार आयोजना पूर्वी खण्डका सुचना अधिकारी इन्जिनियर  शिव खनालले बताए । ‘ सडक विभागले अन्तिम चेतावनी दिएको र हरेक महिनाको लक्ष्य अनुसार काम गर्न कढाईको साथ निर्देशन दिएपछि ठेकेदारले कामलाई तिब्रता दिएको छ । ’खनालले भने,‘ अबको एक महिनामा सर्वसाधारणले पनि महसुस गर्ने गरेर कामको प्रगती देखिने छ । यो अहिले सम्मकै कामको रफ्तार हो ।’

पश्चिम खण्डमा पनि रुपन्देही क्षेत्र , पश्चिम नवलपरासीको सुनवल, भुमही र बर्दघाट क्षेत्रमा कालोपत्रको तयारी भईरहेको छ । परामर्शदाता कोरीयन कम्पनीले ठेकेदार लाई चेतावनी पत्र (नोटिस टु करेक्ट) पठाएर मंसिर २५ गते सम्म सडकको एकातर्फ ७० प्रतिशत कालोपत्र र चैत्र १७ गते भित्र नारायणगढ देखि बुटवल सम्म १ सय १६ किलोमिटर सडकको एकातर्फ सबै कालोपत्र भएको हुनुपर्ने सर्त राखेको छ ।
मंसिर २५ सम्म ७० प्रतिशत कालोपत्र हुनुपर्ने शर्त पूरा नभएपनि कामले तिब्रता लिएकाले चैत सम्मको लक्ष्य पुरा गर्ने आशा सरकारी पक्षको छ । अहिले सम्म दुबै खण्डमा गरेर ५४ प्रतिशत काम पुरा भएको छ ।२०७५ चैत ८ मा सुरु भएर २०७९ साउन २२ भित्र निर्माणको काम सकिसक्नु पर्ने हो । कोरोना , निमार्ण सामग्रीको कारण देखाएर पहिलो पटक २०८० साउन ११ गते सम्मका लागि म्याद थप भएको थियो । पहिलो पटक थप भएको म्यादमा पनि कामले गति नलिएपछि दोस्रो पटकका लागि २०८१ साउन ८ गते सम्म म्याद थप गरेको थियो । तर दोस्रो पटक पनि काम सम्पन्न नभएपछि तेस्रो पटकका लागि म्याद थप भएको हो । २०८२ साउन ८ गते सम्मका लागि म्याद थप भएको हो । १ सय १४ किलो मिटर सडक आयोजनालाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर लाई खण्ड‘ख’ अन्तर्गत दुई क्षेत्रमा काम भइरहेको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कूल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गकोे विस्तार गरिरहेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्