18.1 C
Kathmandu
Flowers in Chania

अत्याधिक हुस्सु र शितलहरको कारण सडक चिप्लो हुदा दाउन्नेमा सडक अबरोध

- Advertisement -

पुर्ब पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा अत्याधिक हुस्सु र शितलहरको कारण सडक अबरुद्द भएको छ  । नारायणगढ बुटवल सडक विस्तारको क्रमम रहेको यो सडक खण्डमा उकालो र ओरालोमा शितलहरले बाटो चिप्लो भएको र बाक्लो हुस्सु ले अगाडीको सवारी नदेखिने अवस्था छ । जिल्लाको बर्दघाट नगरपालिका ४ खुर्सानी खोला स्थित पुर्व पश्चिम राजमार्गमा हुस्सु तथा शितलहरको कारण बाटो चिप्लो भएर दुई तर्फी सडक अबरुद्द भएको   जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहोराले बताए ।  

प्रहरीले ठुला र मालबहाक सवारीलाइ पुर्ब तर्फ दुम्किबास र पश्चिम तर्फ बर्दघाटमा रोकेको छ  ।यस अघि पनि बर्षामा सडक हिलो हुदा उकालोमा सवारी चिप्लिएर सडक अबरुद्द हुने गरेको थियो । सडक बिस्तारकोक्रम मा  दाउन्नेमा सडक एक तर्फी भएर घन्टौ जामम  बस्नु पर्ने बाध्यतामा रहेका  यात्रुलाई थप सास्ती भएको छ । सडक अब अबरुद्द हुदा सयौ सवारी जाममा परेका छ्न । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्