18.1 C
Kathmandu
Flowers in Chania

मिटर ब्याज पीडितद्धारा जिल्ला अदालत अगाडी प्रदशर्न

- Advertisement -


मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नवलपरासीले आज पश्चिम नवलपरासीको परासीमा विरोध प्रदर्शन गरेको छ । परासी जिल्ला अदालत अगाडी विरोध प्रदर्शन गर्दै मिटर ब्याज पीडितले अदालतमा मिटर ब्याज पीडितलाई चेक अनादर तथा अन्य आर्थिक अपराधको घटनामा मुद्दा दर्ता गर्दा पीडित थप पीडित भएको भन्दै जिल्ला अदालत अगाडी विरोध प्रदर्शन गरेका हुन् । अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध कानुन बनेको भएपनि साहु र महाजनले ऋणको दोब्बर कागज बनाउने , खाली चेकमा हस्ताक्षर गराउने जस्ता काम गरेर अदालत सम्म पीडितलाई पुर्याउदा समेत राज्यले ध्यान नदिएको आरोप लगाएका छन् । पीडितलाई न्याय दे , मिटर ब्याज विरुद्ध बनेको कानुन कार्यान्वयन गर , जाली तमसुक खारेज गर जस्ता नारा लगाएका थिए । पीडितको पक्षमा कानुन बनेपनि ऋण दिदा नै साहु महाजनले काथजी प्रकृयामा पीडितलाई ठगेको र सोही अनुसार अहिले पीडितलाई नै कारवार्ही हुने अवस्था आउनु दुःखद भएको मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नवलपरासीका अध्यक्ष रामसुभग मुसहरले बताए ।
२ हजार ५४ वटा उजुरी परेकोमा अधिकासं उजुरीमा छलफल नै हुन सकेको छैन् । छलफलमा बोलाउदा पीडित र पीडक भनिएका ब्यक्ति अनुपस्थित हुने तथा कागज प्रमाण नपुग्दा अधिकासं उजुरीमा छलफल नै हुन नसकेको प्रशासनको भनाई छ । तर , मिटरब्याज पीडितले भने प्रशासनमा जादा समेत आफुले उजुरी गरेको ब्यक्ति नआउने तथा विभिन्न बहाना बनाउदै समस्या समाधान नभएको गुनासो गर्दछन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्