जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताको मर्म अनुसार जनताले अनुभुती गर्न नपाएको बताएका छ्न । जनता समाजवादी पश्चिम नवलपरासीले आयोजना गरेको संगठन निर्माण अभियान अन्तर्गत रामग्रामको हकुईमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् ।
सरकार परिवर्तन गरेर मात्र देशले बिकास र निकास नपाउने भन्दै जनताको इच्छा अनुसार संघीयता कार्यान्वयन हुन नसकेको बताए । प्रदेश स्थापना भएपनि सीमित अधिकारका कारण अझै पनि जनताले संघीयताको अनुभूति गर्न नपाएको उनको दाबी थियो । आमसभामा जसपा लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले सरकारले संविधान संशोधनमार्फत मधेसी जनताको अधिकार स्थापित गर्नु पर्ने बताए । जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सङगठन निर्माण अभियानको बारेमा जानकारी गराइएको थियो ।