18.1 C
Kathmandu
Flowers in Chania

मुकेश र पूर्णलक्ष्मी हाफ म्याराथन च्याम्पियन

- Advertisement -


पूर्वी नवलपरासीको गैंडाकोटमा सम्पन्न गैंडाकोट हाफ म्याराथन दौडमा आर्मीका मुकेशबहादुर पाल र पूर्णलक्ष्मी न्यौपाने विजेता भएका छन् । २१ किलोमिटर दुरी मुकेशले १ घण्टा १६ मिनेट ८ सेकेन्ड र पूर्णलक्ष्मीले १ घण्टा ४८ मिनेट ४६ सेकेन्डमा पूरा गरेका थिए । पुरुषतर्फ एपीएफका गोपीचन्द्र पार्की दोस्रो र बैतडीका नरेन्द्रसिंह रावतले तेस्रो भए । महिलातर्फ अनु मगर दोस्रो र सुनैना मगरले तेस्रो स्थानमा रहे । पुरुष विजेताले १ लाख, दोस्रोले ५० र तेस्रोले २५ हजार र महिला विजेताले २५ हजारमात्र पाएका थिए । ५ किलोमिटर विद्यार्थी मैत्री दौडमा जनक नमुनाका मनुप थापा विजयी भए । विजय फाउण्डेसन नेपालको आयोजनामा भएको हाफ म्याराथनमा २ सय ४३ जनाको सहभागिता रहेको आयोजकका अध्यक्ष अध्यक्ष त्रिलोचन सापकोटाले बताए । प्रतियोगिता आयोजना गर्न वैकुण्ठ मानन्धर स्पोर्ट्स क्लबको प्राविधिक सहयोग थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्