पूर्वी नवलपरासीमा सन् २०२४ मा महिला तथा घरेलु हिंसाका ९० ओटा घटना घटेको छ । जसमध्य ६३ ओटा उजुरी मेलमिलापमा मिलापत्र गरिएको छ ।भने २७ ओटा उजुरीमा कानुनी दायरामा ल्याइएको तथ्यांक सार्वजनिक भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले एक कार्यक्रमका बीच यस्तो तथ्यांक सार्वजनिक गरेको हो । जसमध्य बलात्कारका घटना १७ ओटा , यौन दुव्र्यवहार ४ , घरेलु हिंसा ३ ओटा घटेको इन्सेक जिल्ला प्रतिनिधि दयाराम आचार्यले बताए । जिल्लामा ज्यादतीका घटनामा २७ जना महिला र ४ जना पुरुष पीडित भएका छ्न । जिल्ला समन्वय समितीका प्रमुख बाबुराम बिश्वकर्माले मानव अधिकारको रक्षामा राज्य र गैर राज्यपक्ष गम्भीर हुनुपर्ने बताए ।