लोप हुदै गएको परम्परागत सिप र नयां प्रविधीको विकासको बारेमा पूर्वी नवलपरासीको देवचुलीका विद्यार्थीले प्रदशर्नी गरेका छन् । विद्यार्थी सिप मेलाका कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीले प्रदशर्नी स्थलमा नै हलो बनाउने , डोको बुन्ने , गुन्द्री बुन्ने , टपरी लगाउने , भजन गाउने जस्ता सिप मुलक कामको प्रदशर्नी गरेका थिए । यसैगरी नयां प्रविधीको स्मार्ट सिटी , दु्रत गतिको इन्टरनेट । फोहोर व्यवस्थापनको नयां प्रविधीको प्रदशर्नीमा अभिभावक तथा जनप्रतिनिधीको ध्यान खिचेको थियो । किताबी ज्ञान बाहेक प्रयोगात्मक सिप र परम्परागत सिप , ज्ञान र प्रविधीको संरक्षण र नयां पुस्तालाई जानकारी गराउने उदेश्यले मेला आयोजना गरीएको देवचुली नगरपालिका शिक्षा समितिका सदस्य शिव प्रसाद देवकोटाले बताउनुभयो । प्रदशर्नीमा नगरभित्रका सामुदायिक र सस्थागत गरेर २४ वटा विद्यालयको सहभागिता छ ।