18.1 C
Kathmandu
Flowers in Chania

लामिछानेमाथी मानव अधिकार उल्लङ्घनको व्यवहार भएको छैन् – गृहमन्त्री लेखक

- Advertisement -

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेमाथी कुनै पनि मानव अधिकार उल्लङ्घनको व्यवहार नभएको र अदालतको आदेश अनुसरा नै अनुसन्धान भैरहेको बताएका छन् । नेपाल प्रेस युनियन नवलपुरले कावासोतीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लेखकले लोकतन्त्रमा भिडले न्याय नदिने भन्दै न्यायिक प्रकृयाबाट नै हरेक गतिविधीको छिनोफानो हुने बताए । ‘ रवि जी माथी कुनै मानव अधिकार उल्लङ्घनको काम भएको छैन् । सरकार हरेक ब्यक्तिको मानव अधिकार रक्षाका लागि प्रतिबद्ध रहेको छ ।’ उनले भने,‘

सहकारी ठगीमा सम्लग्न माथीको अनुसन्धानमा प्रभावित पार्ने काम नगर्न आग्रह गरेका छन् । जनताले आफ्नो गासं कटाएर , सामान्य व्यवसाय गरेर जम्मा गरेको करोडौ रकम हिनामिना गर्ने माथी अनुसन्धान हुदा भिड जम्मा गर्ने , अदालत तथा न्यायिक निकाय घेराउ गर्ने जस्ता गतिविधी भैरहेको उहांले बताउनुभयो ।संचारकर्मीको जिज्ञासाको उत्तर दिदै पुर्ब गृहमन्त्री तथा
नेपाली काग्रेसको केन्द्रिय सदस्य समेत रहनुभएका गृहमन्त्री लेखकले बर्तमान गठबन्धनको विषयमा विभिन्न प्रकारको हल्ला फैलाउने कोसिस भएको भन्दै यो गठबन्धन २०८४ सालको निर्वाचन सम्म संगै हुने जिकिर गर्नुभयो । संविधानस संसोधन तथा राजनितिक स्थायित्वका लागि बर्तमान गठबन्धनको आवश्यक्ता महसुस भएकाले जनचाहना अनुसार काम हुने बताउनुभयो । गृहमन्त्री लेखक पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको सरस्वती सस्कृत तथा साधारण माध्यमिक विद्यालयको स्वर्ण महोत्तसवमा सहभागी हुनुभएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्