18.1 C
Kathmandu
Flowers in Chania

सडक निमार्णमा ढिलाई भएको भन्दै प्रदशर्न

- Advertisement -


बुटवल नारायणगढ सडक विस्तारमा ढिलाई भएको भन्दै पूर्वी नवलपरासीको कावासोती १६ स्थित डण्डामा स्थानीयले सडक अवरुद्ध गरेर विरोध जनाएका छन् ।
सडक निमार्णको काम ढिलो हुदा धुलोले गर्दा सडक वरपरको वस्तिका स्थानीय प्रभावित भएको र व्यवसाय समेत प्रभावित भएको भन्दै स्थानीयले तत्कालै सडक निमार्णको काम सुरु गर्न आग्रह गरेका थिए । काम गर्दा पानी हाल्ने काम गर्नुपर्ने र खनेका खाडलहरु तत्कालै पुर्नुपर्ने माग गर्दै विहान १० देखि ११ बजे सम्म चक्काजाम गरेका स्थानीयले अहिले चाइना स्टेट ठेकेदारको सवारी साधन बाहेक अन्य सवारी संचालन गर्न दिएका छन् । प्रदुषण नियन्त्रण र कामले तिब्रता लिने आधार नभएसम्म ठेकेदार कम्पनीको सवारी संचालन गर्न नदिने स्थानीयको दावी छ ।
सम्झौता अनुसार काम भएको भए २०७५ चैतमा काम सुरु गरेर २०७९ साउनमा निर्माण सम्पन्न हुने थियो। तर , कोरोना , निमार्ण सामग्री जस्ता कारण देखाएर ठेकेदारले पर्याप्त जनशक्ती परिचालन गरेन् । पहिलो पटक २०८० साउन ११ गते सम्मका लागि म्याद थप भएको थियो । पहिलो पटक थप भएको म्यादमा पनि काम सम्पन्न नभएपछि दोस्रो पटकका लागि २०८१ साउन ८ गते सम्म म्याद थप गरेको थियो । तर दोस्रो पटक पनि काम सम्पन्न नभएपछि तेस्रो पटकका लागि २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप भएको छ । अहिले सम्म ५४ प्रतिसत मात्र काम भएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्