बिरेन्द्र पराजुली
पुर्वी नवलपरासीमा १० बर्षे द्वन्द्वबाट प्रभावित महिला तथा बालबालिकालाई न्याय तथा पुनर्स्थापना गराउन पालिकाले समिती गठन गरेपनी आवश्यक रकम बिनियोजन नगर्दा पहिचान गरि कामकारबाही अगाडी बढाउन समस्या भएको छ । महिला शान्ती र सुरक्षा सम्बन्धि सयुक्त रास्ट्रसंघ सुरक्षा परिषद प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धि दोस्रो रास्ट्रिय सम्मेलन कार्ययोजना कार्यनयनमा जिल्लाको अबस्था पहिचानको लागि आयोजना गरेको कार्यक्रममा पालिका प्रतिनिधिले गरेको प्रस्तुतिमा द्वन्द्वबाट प्रभावित प्रतिको चासो नराखेको न्यून बजेटले देखाएको छ । अधिबत्ता भुपेन्द्र खनालले द्वन्द्व पीडितलाई पहिचान र पुनर्स्थापना कसरी गर्न सकिन्छ त्यसको लागि के कस्ता चुनौती छन र के कसरी समाधान गर्न सकिन्छ भनेर सहभागीलाई जानकारी गराएका थिए । घाईते तथा अपाङ्ग भएका नागरिक सरकार पक्ष तथा भुमिगत पक्ष जुनसुकै बाट भए पनि समाजमा मिलेर बसाउने उनिहरुलाई पहिचान र पुनर्स्थापना गर्ने गराउने दायित्व अहिलेको स्थानीय सरकारको रहेपनी कुनै पनि कार्य हुन नसकेको प्रस्तुतिमा बताईएको थियो । जिल्लामा ४ नगरपालिका ४ गाउपालिका रहेका छन । जिल्लामा कुनै पनि पालिकाले पहिलो चरणको कार्य गर्न समेत पर्याप्त रकम बिनियोजन गरेको छैन । गैंडाकोट नगरपालिकाले ३ लाख ५० हजार , देबचुली नगरपालिकाले १ लाख , कावासोती नगरपालिकाले ५० हजार बिनियोजन गरेको छ । हुप्सेकोट र मध्यबिन्दुले १/१ लाख विनियोजन गरेका थिए । बिनयीत्रीवेणी , बौदिकाली र बुलिङटारमा कुनैपनी रकम बिनियोजन गरिएको छैन । बिजय बिकास श्रोतकेन्द्रले पालिका स्तरमा समितिगठन गरेर श्रोतब्यक्तिहरुलाई प्रशिक्षण दिने कार्य गरेको श्रोतकेन्द्रका उपाध्यक्ष लक्ष्मी कण्डेलले बताइन् । जिल्लामा द्वन्द्वपीडित परिवारको संख्या तीन सय भन्दा बढि रहेको द्वन्द्व पीडित महिला सन्जालकी अध्यक्ष पार्बता सिग्देलले बताइन ।
स्थानीय सरकारले आफ्नो पालिकामा रहेका पीडित छन पहिचान र उनिहरुको पुनर्स्थापना के कसरी गर्न सकिन्छ त्यसलाई पहिलाउनको लागि पनि वजेट अभाब रहदा काम गर्न समस्या रहेको छ । जिल्लामा सबैभन्दा बढी प्रभावित संख्या कावासोतिमा ७३ रहेको तथ्यांकले जनाएको छ । त्यसैगरी देबचुलिमा ५७ , मध्यबिन्दुमा ५१ गैंडाकोटमा ३९ हुप्सेकोटमा १७ बौदिकालिमा १५ बुलिङटारमा १३ परिवार प्रभावित भएका छन । विभिन्न संघ सस्थाले कार्यक्रमहरु संचालन गरे पनि पहिचान नहुदा सम्बन्धित सम्म कार्यक्रम पुग्न नसकेको कार्यक्रममा सरोकारवालाले बताएका छन । बिजय बिकास श्रोतकेन्द्र , स्टोरी किचेनको सहयोगमा नवलपुर जिल्लाका स्थानीय तह प्रमुख तथा सरोकारवाला सङ गरिएको अन्तरक्रिया कार्यक्रममा पीडित पुनर्स्थापना र पहिचान गरि रोजगार सृजना गराउन सबै पालिकाले प्रतिबद्धता जनाएका थिए । कार्यक्रम जिल्ला समन्वय समितिको प्रमुख बाबुराम बिकको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी माधब पौडेल , सामाजिक बिकासका प्रमुख कृष्ण पौडेल , जिल्ला शिक्षा कार्यलयका दिपेन्द्र श्रेष्ठ , गैंडाकोट नगरपालिका उपप्रमुख शान्ती शर्मा , देबचुली नगर प्रमुख हरि प्रसाद न्यौपाने लगायतले द्वन्दपिडितको लागि आ आफ्नो क्षेत्रबाट पुनर्स्थापनाको लागि सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।