18.1 C
Kathmandu
Flowers in Chania

प्रतापपुरमा माटो परीक्षण प्रयोगशाला सञ्चालन

- Advertisement -

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-९ मा माटो परीक्षण प्रयोगशाला स्थापना भएको छ ।

यसअघि माटो परीक्षणको लागि सदरमुकाम परासी वा रुपन्देही पुग्नुपर्ने बाध्यतामा रहेका यस क्षेत्रका किसानलाई लक्षित गर्दै माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले प्रयोगशाला स्थापना भएपछि अब किसानहरूलाई आफ्नो माटोको अवस्थाका आधारमा खेतीपाती गर्न सजिलो हुने बताए । ‘किसानहरूमा माटो परीक्षण गर्नुपर्छ भन्ने जनचेतनाकै कमी रहेको अवस्था छ । त्यसमाथि प्रयोगशाला टाढा हुँदा उक्त सेवा लिन पाउने अवस्था थिएन,’ उनले भने, ‘परीक्षणबिना नै खेती गर्नू र परीक्षण गरेर खेती गर्नुले किसानलाई धेरै फरक पार्ने छ ।’

प्रयोगशालाले माटोमा भएको पोटास, नाइट्रोजन, फस्फोरस लगायतका पाँच वटा तत्वहरुको परीक्षण गरेर किसानलाई आवश्यक सुझाव दिने जनाएको छ । यो प्रयोगशाला संचालन भएपछि जिल्लाको दक्षिणी भेगका किसानले माटो परीक्षणको लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्