पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ को अग्यौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको छ । देशभरबाट सात वटा खानेपानी संस्था उत्कृष्ट घोषित भएकोमा गण्डकी प्रदेशबाट अग्यौली खानेपानी सर्वोत्कृष्ट भएको हो ।
खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औ स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशको ११ वटा जिल्ला मध्य उत्कृष्ट संस्था घोषित भएको हो ।
२०६४ सालमा स्थापना भएको संस्थाले २४ सै घण्टा स्वच्छ र सर्वसुलभ रुपमा खानेपानी वितरण गरेको विभिन्न सुचकहरु पर गरेर उत्कृष्ट हुन सफल भएको अग्यौली खानेपानी तथा सरसफाई संस्थाका सचिव अर्जुन चालिसेले बताए ।
संस्थाले बुधबार पत्रकार सम्मेलन मार्फत पानीको स्वच्छता , व्यवस्थापन र दिर्घकालिन योजनामा संस्थाले दिर्घकालिन योजना निमार्ण गरेको जनाएको छ । ३ हजार उपभोक्ता रहेको संस्थामा न्युनतम युनिट (५ युनिट) सम्म पुर्णरुपमा निःशुल्क पानी वितरण गरेको छ । संस्थाले कावासोती नगरपालिकाको वडा नम्बर १४ , १५ , १६ र १७ मा पानी वितरण गर्दै आएको संस्थाका कार्यबहाक अध्यक्ष गोापल सिपार्लीले बताए ।
- Advertisement -
- Advertisement -
- Advertisement -