पश्चिम नवलपरासी प्रहरीले मोटरसाइकल चोरीमा सम्लग्न गिरोहका २ जना लाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको निवेदन अनुसार अनुसन्धान गर्दा चोरीका मोटरसाइकल सहित २ जना युवा लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सिसिटिभि फुटेज तथा जिपिएस ट्याकिङको आधारमा पिछा गर्दै जादा रोहिणी गाउँपालिका , ३ रुपन्देहीमा लुकिछिपी बसेको अवस्थामा चोरी भएको मोटरसाइकल सहित ओमसतिया गाउँपालिका , ५ रुपन्देहीका मोहमद हुसेन र गोबिन्द हरिजन पक्राउ परेका हुन ।
पक्राउ परेकाहरुलाई चोरी तथा डाका सम्वन्धी कसुर मुद्दामा जिल्ला अदालत परासीबाट ७ को म्याद थप गरेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहोराले बताए ।