पूर्बी नवलपरासीमा शान्ति सुरक्षा र दुर्घटना न्युनिकरणको जिल्लाको मुख्य सडक र बजार क्षेत्रमा सिसीटिभीबाट निगरानी गरीने भएको छ । त्यसका लागि पूर्व पश्चिम राजमार्गको मुख्य बजार तथा भित्री सडकमा अत्याधुनिक सिसीटिभी जडान गरीने भएको छ । आईतबार प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलको अध्यक्षतामा बसेको स्थानीय तह , सुरक्षा निकाय र सडक विभाग , यातायात व्यवसायी र सरोकारवालाहरुको बैठकले जिल्लाको गैडाकोट नारायणी किनार देखि दाउन्ने सम्म पूर्ब पश्चिम राजमार्ग र पहाडी भेग गरेर १७ वटा क्यामेरा जडान गर्ने निर्णय गरेको हो । मध्यविन्दु नगरपालिकामा ४ ,कावासोती नगरपालिकामा ७ , देवचुली नगरपालिकामा ५ , गैडाकोट नगरापलिकामा ४ , विनयी त्रिवेणी गाउंपालिकामा २ , , बौदीकाली गाउंपालिकामा ३ , बुलिङ्गटार गाउंपालिकामा २ वटा सिसीटिभी क्यामेरा जडान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए । क्यामेरा जडानको लागि स्थानीय तह र विभिन्न संघसंस्थाले प्रतिबद्धता जनाएको र क्यामेराको निगरानी सम्बन्धित स्थानमा रहेका प्रहरी कार्यालय मार्फत गरीने छ ।
मुख्य सडक र बजारमा सिसीटिभी क्यामेरा नहुदा घटना घटेपछि अनुसन्धान , दाषी पहिचान र घटनाको कारण पत्ता लगाउन सहयोग हुने र अपराधिक घटना पनि कम हुने अपेक्षा गरीएका ेछ ।
- Advertisement -![]()
- Advertisement -![Your Ad Here](https://www.hulakionline.com/wp-content/uploads/2023/10/2-Ad-idea.jpg)
![Your Ad Here](https://www.hulakionline.com/wp-content/uploads/2023/10/2-Ad-idea.jpg)
- Advertisement -![Flowers in Chania](https://www.hulakionline.com/wp-content/uploads/2023/10/Header-Ad-idea-2.jpg)
![Flowers in Chania](https://www.hulakionline.com/wp-content/uploads/2023/10/Header-Ad-idea-2.jpg)