नवलपरासी २३ कात्तिक ।
बीपी चिन्तन प्रतिष्ठान नवलपरासी पूर्वले बिहिवार सदरमुकाम कावासाेतीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेकाे छ ।
हरेक बर्षझै दशैं तिहार तथा छट लगायतका पर्वका अवसरमा आयाेजित चियापान कार्यक्रमकाे पूर्व मन्त्री एवं गण्डकी प्रदेश सांसद महेन्द्रध्वज जिसीले महामानव बीपी काेईरालकाे तस्बिरमा माल्यार्पण गरेर कार्यक्रमकाे उद्घघाटन गरेका थिए ।
साेही अवसरमा नेका जिल्ला सभापति एवं कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सांसद जिसीले बीपी बिचारबाट चल्ने हामी पार्टीको सिद्धान्त र निर्देशनलाई मान्दै निरन्तर समाज सेवामा लाग्नु पर्ने बताए ।
नेपाली काँग्रेस जिल्ला उप सभापति बालकृष्ण घिमिरेकाे बिषय प्रवेशसंगै सुरू भएकाे साे कार्यक्रम काँग्रेस जिल्ला उपसभापति चन्द्र बहादुर राना,सचिव महेन्द्र पाेख्रेल, पूर्व सांसद ओमकला गाैतम, भूपु शैनिक संघ पूर्व अध्यक्ष धनबहादुर मास्की, काँग्रेस क्षेत्रीय सभापति सूर्य गुरूङ, रेडक्रसकर्मी बाबुराम कंडेल लगायतले शुभकामना दिएका थिए ।
बीपी प्रतिष्ठानका अध्यक्ष रूद्रलाल कंडेलकाे सभापतित्वमा संचालन भएकाे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा जिल्ला, प्रदेश तथा स्थानीय क्षेत्रमा क्रियाशील काँग्रेस कार्यकर्ता,जनप्रतिनिधि,भातृ तथा सुभेच्छुक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे ।
- Advertisement -
- Advertisement -
- Advertisement -