18.1 C
Kathmandu
Flowers in Chania

कावासोतीमा मोतिबिन्दुको निशुल्क आँखा शिबिर संचालन हुदै

- Advertisement -

रोटरी क्लब कावासोतिको आयोजना तथा तिलगंगा आँखा अस्पतालको सहयोगमा कावासोतिमा मोतिबिन्दुको निशुल्क आँखा शिबिर संचालन हुने भएको छ । जिल्लाका विभिन्न स्थानमा संचालन भएका शिबिरबाट करिब १५८ जना मोतिबिन्दु भएका बिरामीहरुको निशुल्क अपरेसन तथा औषधि र चस्मा समेत ब्यबस्था गरिने क्लबका सस्थापक अध्यक्ष भरत पोख्रेलले बताए । प्रत्येक बर्ष रोटरी क्लब कावासोतिले मोतिबिन्दुको निशुल्क अपरेसन गर्दै आएको छ । अघिल्लो बर्ष पनि क्लबले करिब ४ सय मोतिबिन्दुको अपरेसन गरेको क्लबका पुर्ब अध्यक्ष हरिहर अधिकारीले जानकारी गराएका छन । यो बर्ष पनि मोतिबिन्दुका बिरामी संख्या बढने आयोजकले जनाएको छ । ५ बर्ष भित्र नवलपुरबाट मोतिबिन्दुका बिरामी नरहेको जानकारी गराउन आफुहरु लागिपरेको क्लबका अध्यक्ष केशब भट्टराईले बताएका छन । रोटरी क्लब कावासितिले अहिले सम्म करिब ११ सय मोतियाबिन्दुका बिरामिहरुला आँखा देखाउने काम भएको सस्थाले जनाएको छ । क्लबले यहि कातिक २५, २६,२७ गते कावासोती ८ मा रहेको अपाङ्ग पुनर्स्थापना केन्द्रको हलमा निशुल्क मोतिबिन्दुको अपरेसन हुने जनाएको छ । अपरेसनको लागि क्लबले स्थानिय पालिका र रोटरी क्लबका सदस्यबाट सहयोग मागेर शिबिर संचालन गर्दै आएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्