नवलपरासी, १० कात्तिक । लुम्विनी प्रदेश सरकारका नवनियुक्त बन तथा बातावरण मन्त्री देवकरण प्रसाद कलवार ( सन्तु )ले आज पनि गृह जिल्लामा जनताको घरदैलोमा पुगेर खुसीयाली साटासाट गर्नुभएको छ ।
मन्त्री भएपश्चात पहिलो पटक गृह जिल्ला आउनुभएको मन्त्री कलवारले सो क्रममा निर्वाचन क्षेत्रका बिभिन्न स्थानका जनताको घरदैलोमा पुगी यसको चौतर्फी बिकास बारे छलफल गर्नुभएको हो ।
आजै मन्त्री कलवारकालागी त्रिभुवन क्याम्पस बेलाटारी आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी बन्नुभयो । सो क्रममा बोल्दै मन्त्री कलवार यस क्षेत्रको शैक्षिक विकासमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
आजै मन्त्री कलवारले त्रिबेणी स्थित गजेन्द्रमोक्ष धामको पनि दर्शन गर्नुभयो भने सुस्ता गाउंपालिका अन्तर्गत वडा न. १ र २ मा स्थानिय संग भेटघाट गरी यस क्षेत्रको विकास वारे जनता संग छलफल गर्नुभयो ।
यसैगरी मन्त्री कलवारले जनताको घरदैलोमा पुगेर यस क्षेत्रका विकासका लागी जनता संग छलफल गर्दै आउनुभएको हो ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
