पूर्बी नवलपरासीको मध्यविन्दुमा गैडा मृत फेला परेको छ । मध्यविन्दु नगरपालिका वडा नम्बर १२ मा पोथी गैडा मृत फेला परेको हो । अन्दाजी ४ वर्षको पोथी गैडा मृत अवस्थामा फेला परेको र गैडाको खाग र खुर सुरक्षित रहेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी अविनाश थापा मगरले बताए । प्रारम्भिक जानकारी अनुसार गैडा एक अर्कोसंग जुध्नेक्रममा चोट लागेर मृत्यु भएको अनुमान गरीएको छ ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
