पुर्बी नवलपरासीमा बाघको आक्रमणमा परेर एक पुरुषको मृत्यु भएको छ । बिनयी त्रिवेणी गाउँपालिका १ का ६३ बर्षका जीव बहादुर थिङको बाघको आक्रमण बाट मृत्यु भएको हो । तिनचुली मध्यवर्ती सामुदायिक बनमा घाँस काट्न जादा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय पुर्बी नवलपरासीका डिएसपी जेसी शाहले बताए । गाउँले संगै घाँस काट्न गएका थिङको घटनास्थलमा नै मृत्यु भएको थियो । यो क्षेत्रमा अघिल्लो बर्षपनि बाघको आक्रमण बाट तीन जना स्थानीयको मृत्यु भएको थियो ।