8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासीमा  लागुऔषध  सहित ५ जना  पक्राउ 

- Advertisement -

पस्चिम नवलपरासीमा प्रहरीले   लागुऔषध सहित ५ जना ब्यक्तिलाई पक्राउ गरेको छ ।  जिल्लाको  पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ बेलासपुरमा प्रहरीले  शंका लागेर चेकजाँच गर्दा लागु औषध सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहोराका अनुसार पक्राउ पर्नेमा  रामग्राम नगरपालिका १२ का  पुरस्कार थारू ,  पाल्हिनन्दन गाउँपालिका वडा नम्बर  ४ का  प्रमोद कुमार कसौधन , 

पाल्हिनन्दन  गाउँपालिका २ का अनुप कुमार गौतम , 

 पाल्हिनन्दन गाउँपालिका ५ का  राज कुमार जयसवाल , 

 पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ६ का  धिरज अग्रहरी छन् ।  खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ४ पुरीया ,  रातो खैरो देखिने धुलो पदार्थ , डाईजेपाम ५० एम्पुल,   फेनारगन ५०  एम्पुल,   बुप्रिनुफिन ५० एम्पुल बरामद भएको छ । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भैरहेको छ । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्