अग्यौली खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था कावासोती १६ को सातौ साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष सोभित प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख अतिथि खानेपानी तथा ढल ब्यवस्थापन बिभागका उप महानिर्देशक रामचन्द्र काफ्ले रहनुभएको थियो । शुद्ध खानेपानी वितरणमा उदाहरणीय काम गर्दै गर्दै आएको सस्थाले आगामी दिनमा थप परिस्कृत भएर काम गर्नुपर्नेमा सहभागिले जोड दिएका थिए । साधारण सभाको कोषाध्यक्ष ज्योति ढकाल न्यौपानेले पेस गरेको आर्थिक प्रतिबेदन र अध्यक्ष शर्माले प्रस्तुत गरेको प्रतिबेदन पारित भएको सचिब अर्जुन चालिसेले बताउनु भयो ।
साधारणसभाको अवसरमा कार्यालय परिसरमा रुद्राक्ष , स्याउ , चन्दनको बिरुवा रोपिएको छ ।
- Advertisement -
- Advertisement -
- Advertisement -