पुर्ब पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा सडक भासिएको छ । पश्चिम नवलपरासीको बर्दघाट ,४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात पुर्णरुपमा अबरुद्द भएको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहराका अनुसार अन्दाजी २० फिट लम्बाइ र ५ फिट सडक भासिएको हो ।
भासिएको सडकको मर्मतको काम भैरहेको छ । राजमार्ग अबरुद्द हुदा पुर्ब र पश्चिम बाट आउने जाने सवारी रोकिएका छ्न । यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो ।