8.1 C
Kathmandu
Flowers in Chania

नवलपुरमा ५ स्थानमा यात्रु सहायता कक्ष

- Advertisement -


पूर्बी नवलपरासीमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना गरिएको छ । चाडपर्वमा सुरक्षित यात्रा र ट्राफिक सचेतनाको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका पाँच स्थानमा सहायता कक्ष स्थापना गरेको हो । सहायता कक्षमा चालकको लागुपदार्थ तथा मादक पदार्थ सेवन गरे नगरेको परिक्षण नियमितरुपमा गरीने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक राज बञ्जराले बताए । जिल्लाको गैँडाकोट, दलदले, कावासोती, दुम्किबास र त्रिवेणीमा कक्ष स्थापना गरिएको हो । थप एक स्थानमा पनि सहायता कक्ष स्थापना गरीने छ । चाडपर्वको समयमा यात्राका क्रममा हुन सक्ने आपराधिक घटना रोक्न, सवारी दुर्घटना न्यूनिकरण गर्ने तथा सवारीमा यात्रुका समस्या बुझ्ने, बढि भाडा लिए नलिएको जाँच गर्ने उद्देश्य छ । सदरमुकाम कावासोतीमा रहेको कक्षको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक यादव ढकालले प्रभावकारीरुपमा सेवा प्रवाह गर्न आफुमातहतका निकायलाई निर्देशन दिएका थिए । पूर्बी नवलपरासीमा पुर्बपश्चिम राजमार्गको ६४ किलोमिटरमा लामो दुरीका सवारी संचालन हुने गर्दछन् । यसैगरेर पहाडी मार्ग र सहायक मार्गमा पनि सचेतना मुलक कार्यक्रम संचालन गर्ने तयारी छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्